Thursday, October 17, 2024

ट्रेन्डिङ :

साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अलआउट

काठमाडौँ । पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा इङल्याण्ड २९१ रन बनाएर अल आउट भएको छ ।

पाकिस्तानका बलर साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अल आउट भएको हो । योसँगै यस टेस्टको पहिलो इनिंगमा पाकिस्तानले महत्वपूर्ण ७५ रनको बढ्त बनाएको छ ।

इङल्याण्डका लागि पहिलो इनिंगमा बेन डुकेटले ११४ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन । पकिस्तानका बलर साजिद खानले ७ विकेट लिएका थिए । त्यस्तै नोमन अलीले ३ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ३६६ रन बनाएको थियो । अब पाकिस्तानले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गर्दै छ  ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?