Thursday, October 17, 2024

ट्रेन्डिङ :

सरकारी नागरिक एपमा समस्या, सेवाग्राही मर्कामा

केही समयदेखि नागरिक एपमा प्राविधिक समस्या देखिएको छ। सामान्य हिसाबले एपमा ट्याप गर्दा केही समय प्रोसेसिङ टाइम लिएपछि ‘अन्फर्चुनेटली, समथिङ वेन्ट रङ। प्लिज ट्राइ अगेन लेटर! भन्ने सन्देश आउँछ। होमपेज पूरै खाली देखिन्छ।

होमपेजमा भएका होम, डकुमेन्ट, नोटिफिकेशन र एक्टिभिटी बटनहरु प्रेस हुन्छन् तर तिनीहरुले सम्बन्धित पेज लोड गर्न सक्दैनन्।

माइ डिटेल्समा हेर्दा पनि नो डाटा फाउण्ड भन्ने सन्देश आइरहेको छ। यस सम्बन्धमा सूचना प्रविधि विभागका अधिकारीहरुका अनुसार डाटाबेस र एप्लिकेशनबीच कनेक्टिभिटीमा समस्या आइरहेकोले डाटाबेसमा रहेका कुनै पनि फीड एप्लिकेशनले तान्न नसकिरहेको अवस्था छ।

सूचना प्रविधिको युगमा सरकारी प्रविधिहरुको अवस्था नै यस्तो छ भने अन्यमा कस्तो होला?

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?