Friday, October 18, 2024

ट्रेन्डिङ :

भारतविरुद्ध न्यूजील्याण्डको ३५६ रनको अग्रता

काठमाडौँ । भारतविरुद्धको टेस्टमा न्युजील्यान्ड पहिलो इनिंगमा ४०२ रनमा अलआउट भएको छ । योसँगै न्यूजील्याण्डले भारतमाथि ३५६ रनको अग्रता बनाएको छ ।

न्यूजील्याण्डका लागि रचिन रविन्द्रले शतक प्रहार गर्दै सर्वाधिक १३४ रन बनाए । रविन्द्रले १५७ बलमा १३ चौका र ४ छक्का प्रहार गरेका थिए । यसबाहेक ओपनर डेभन कोनवेले ९१ रन र टिम साउथीले ६५ रन बनाए ।

भारतका लागि कुलदीप यादव र रविन्द्र जडेजाले तीन–तीन विकेट लिए ।

यसअघि बर्षाले प्रभावित खेलको दोस्रो दिन ब्याटिङ गर्दै भारतीय टोली ४६ रनमा अल आउट भएको थियो । यो टेस्ट क्रिकेटमा भारतको तेस्रो कम स्कोर हो ।

भारत र न्यूजिल्याण्डबीचको पहिलो टेस्टको पहिलो दिनको खेल वर्षाका कारण रद्द भएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?