Saturday, October 19, 2024

ट्रेन्डिङ :

महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवर्जस्ती करणी

विशाल बस्नेत, महोत्तरी  । महोत्तरीको बर्दिवासमा एक अटो चालकले १५ बर्षिय किशोरीलाई जवर्जस्ति करणी गरेको घटना वाहिरिएको छ । भंगाहा घर भएका ३० बर्षिय अटो चालकले घरमा लगेर जवर्जस्ती करणी गरेको तिन दिनपछी खुलासा भएको हो ।

किशोरीको स्वास्थ्य अवस्था विग्रदै गएपछी अभिभावकहरुले सोधीखोजी गर्दा जवर्जस्ती बलात्कृत भएको वाहिरिएको थियो ।

छोरीले आफू बलात्कृत भएको वताएपछि घटनाबारे पीडित परिवारले इलाका प्रहरी कार्यालय बर्दिबासमा शुक्रबार उजुरी दिएका छन । बर्दिबास–१४ मा डेरा गरी बस्ने उक्त ३० बर्षिय पुरुषले किशोरीलाई मङ्गलबार  कामको निहुँ बनाएर आफ्नै भाडाको कोठामा लगेर जबर्जस्ती गरेको पीडित परिवारको गुनासो छ ।

घटनाबारे सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय बर्दिबासले पीडित युवतीलाई  स्वास्थ्य परिक्षणको लागि बर्दिबास अस्पताल पुर्‍याएको  छ । परिवारले बलत्कार नै भएको दावी गरेतापनि घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान अगाडि वढाईएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले किटानी जाहेरी दिएका अटो (सफारीचालक) प्रहरीलाई सूचना आएपछी  कोठामा नरहेको र उनको खोजी गरिरहेको ईलाका कार्यालय प्रमुख रेवतिरमन पोखरेलले जानकारी दिए ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?