Sunday, October 20, 2024

ट्रेन्डिङ :

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी वृत्त सातदोबाटोले यात्रुबाहक बसमा आगलागी भएको सूचना पाए लगत्तै अग्नि नियन्त्रणका लागि टोली परिचालन भएको बताएको छ । अहिले बसमा लागेको आगो निभाइएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको बसको भित्रीभाग जलेर ध्वस्त भएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुल्न भने बाँकी रहेको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?