Saturday, October 19, 2024

ट्रेन्डिङ :

वेस्ट ह्याममाथि टोटनह्यामको शानदार जित

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा डेजान कुलुसेभ्सकी, येभ्स बिसोउमा, सन हेंग मिनले एक एक गोल गरेका थिए भने एक गोल वेस्ट ह्यामका अल्फोनसे एरेओलाले गरेका थिए । त्यस्तै वेस्ट ह्यामका लागि एक गोल मोहमद कुदुसले गरेका थिए । कुदुस खेलको ८६औँ मिनेटमा रातो कार्ड खादै मैदान बाहिर गएपछि वेस्ट ह्याम १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि टोटनह्यामको ८ खेलमा १३ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ । त्यस्तै वेस्ट ह्यामको भने ८ खेलमा ८ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?