Sunday, October 20, 2024

ट्रेन्डिङ :

इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनौट

काठमाडौँ । इन्टर मियामी २०२५ को फिफा क्लब विश्वकपमा छनौट भएको छ ।

इन्टर मियामीले आइतबार बिहान सम्पन्न खेलमा न्यू इङल्याण्डलाई ६-२ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेपछि २०२५ को फिफा क्लब विश्वकपमा छनौट भएको हो ।

यस खेलमा इन्टर मियामीको जितमा लियोनेल मेसीले ह्याट्रिक गरेका थिए । मेसीले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका हुन् । त्यस्तै लुइस स्वरेजले २ गोल गरेका थिए ।

यसका साथै इन्टर मियामीले अमेरिकन लिग सकरमा कीर्तिमानी ७४ अंक हासिल गरेको छ । ३४ खेलमा २२ खेलमा जित, ८ बराबरी र ४ खेलमा हार बेहोरेको इन्टर मियामीले ७४ अंक बटुलेको छ । योसँगै एमएलएसको रेगुलर सिजन पनि सकिएको छ र इन्टर मियामीले उपाधि जितेको छ ।

फिफा अध्यक्ष गियान्नी इन्फानटिनोले इन्टर मियामी फिफा क्लब विश्वकपमा छनौट भएको जानकारी दिएका छन् ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?