Sunday, October 20, 2024

ट्रेन्डिङ :

एकबर्षपछि मैदानमा फर्किदै नेइमार

काठमाडौँ । ब्राजिलका स्टार खेलाडी नेइमार एक बर्षपछि मैदानमा फर्किने भएका छन् । उनको क्लब अल हिलालले नेइमार ठिक भएर खेल्नका लागि तयार भएको जानकारी दिएको छ ।

नेइमार अब आगामी सोमबार हुने एएफसी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा युएईको क्लब अल ऐनविरुद्ध खेल्न तयार रहेका छन् । उनी टिमसँगै युएई प्रस्थान समेत गरेका छन् ।

२०२३ को अगस्तमा अल हिलाल आएका नेइमारले गत बर्षको अक्टोबरमा राष्ट्रिय टिमको खेलमा घाइते भएपछि एक बर्ष मैदानबाट बाहिर रहेका थिए ।

नेइमारले अल हिलालका लागि अहिलेसम्म केवल ५ खेल खेलेका छन् ।

च्याम्पियन्स लिगको खेल खेल्न पाएपनि साउदी प्रो लिगमा भने नेइमार जनवरी अगाडी खेल्न नपाउने भएका छन् । अल हिलालले नेइमारको इन्जुरी ठिक हुने सुनिस्चितता नभएपछि विदेशी खेलाडीको कोटामा अन्य खेलाडीलाई लिगमा दर्ता गरेको छ । त्यसैले नेइमार साउदी लिगमा फर्किन भने जनवरीसम्म पर्खिनुपर्ने भएको छ । यस बिचमा उनले ब्राजिलको राष्ट्रिय टिममा कमब्याक भने गर्ने भएका छन् ।

अल हिलालसँग नेइमारको आगामी जुनसम्म सम्झौता रहेको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?