Monday, October 21, 2024

ट्रेन्डिङ :

अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य

काठमाडौँ । अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । जारी टी-२० सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई १५७ रनको लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउदै १५६ रन बनाएको हो ।

अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

सिरिजमा नेपालले यस अघि नै लगातार २ खेल जितेर सिरिज जितिसकेको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?