Monday, October 21, 2024

ट्रेन्डिङ :

सोमपाललाई ‘प्लेयर अफ द सिरिज’ को अवार्ड

काठमाडौँ । सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको प्लेयर ‘अफ द सिरिज’ बनेका छन् ।

३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी-२० जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सोमपालले दोस्रो खेलमा अन्तिम ओभरमा ७ रन डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा पुर्याएका थिए । सुपर ओभरमा सोमपालले नै बलिङ गर्दै केवल २ रन दिएर दुवै विकेट लिदै नेपालको जितको आधार तयार गरेका थिए । त्यस्तै तेस्रो तथा अन्तिम खेलमा सोमपालले ३ विकेट लिएका थिए ।

तेस्रो खेलमा अर्धशतक बनाएका आसिफ सेख प्लेयर अफ द म्याच बनेका छन् ।

तेस्रो खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै सिरिज क्लीन स्वीप गरेको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?