Monday, October 21, 2024

ट्रेन्डिङ :

विपक्षी दलहरुले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विपक्षी दलहरूले ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

विपक्षी दलहरुले बाढी पहिरोपछिको राहत उद्धार र पुन: निर्माणको काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन् । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीलगायतका दलहरूले ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

यस अघि शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ज्ञापनपत्र तयार गर्न माओवादी उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल सम्मिलित कार्यदल बनाएको थियो ।

विपक्षी दलहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउने बताएका छन् ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?