Monday, October 21, 2024

ट्रेन्डिङ :

स्कटल्याण्डका ब्याटिंग अलराउन्डर म्याकुलेन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा फ्रेन्चाइजीहरुले विदेशी खेलाडी भित्र्याउने क्रम जारी रहेको छ ।

यसैक्रममा सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिंग अलराउन्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको हो ।

सुदूरपश्चिमले पहिलो विदेशी खेलाडी भित्र्याउने क्रममा २५ बर्षिय म्याकुलेनसँग सम्झौता गरेको जानकारी दिएको छ ।

स्कटल्याण्डका लागि १६ टी-२० खेलेका म्याकुलेनले ६ अर्धशतकसहित ३८.२३ को औसतमा ४९७ रन बनाएका छन् । उनको स्ट्राइकरेट १४८.८० रहेको छ ।

दिपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमले अस्ट्रेलियाका पुर्व खेलाडी ब्राड हजलाई मेन्टरको रुपमा यसअघि नै अनुबन्ध गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?