Monday, October 21, 2024

ट्रेन्डिङ :

पोखरामा रास्वपाको प्रदर्शन आजपनि जारी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले आज पनि पोखरामा प्रदर्शन जारी राखेका छन् ।

देशका विभिन्न भागबाट पोखरा पुगेका रास्वपाका नेता तथा कार्यकर्ताले सोमबार पनि प्रदर्शन जारी राखेका छन् ।

रास्वपाका कार्यकर्ताहरु पृथ्वी चोकमा केहीबेर नाराबाजी गरेपछि अब चिप्लेढुंगा, महेन्द्रपुल हुदै मानवअधिकार चोकतर्फ जादै छन् ।

आजको प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रहेको छ भने प्रदर्शनका कारण पोखराको यातयात भने प्रभावित भएको छ ।

यस अघि आइतबार रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा र अश्रुग्याँस हानेको थियो ।

प्रहरीले गत शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई भने आइतब जिल्ला अदालत कास्कीमा पेश गर्दै ६ दिनका लागि हिरासतमा राख्ने अनुमति पाएको छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?