Monday, October 21, 2024

ट्रेन्डिङ :

महिला साफमा श्रीलंकामाथि भुटानको सहज जित

काठमाडौँ । भुटानले साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकालाई पराजित गरेको छ ।

सोमबार अपराहन्न दशरथ रंगशालामा सम्पन्न खेलमा भुटानले श्रीलंकालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

भुटानका लागि डेकी लहाजोमले २ गोल गरेकी थिइन् भने नामग्याल डेमा र दोर्जी एडोनले एक एक गोल गरेकी थिइन् । त्यस्तै श्रीलंकाका लागि एक गोल थुशानी मदुशिकाले गरेकी थिइन् ।

यो जितपछि भुटानको समुह बी मा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै श्रीलंकाको २ खेलमा ३ अंक रहेको छ ।

अब भुटानले समुह चरणको अन्तिम खेलमा विहिबार माल्दिभ्ससँग खेल्ने छ भने श्रीलंकाले सोहि दिन नेपालको सामना गर्ने छ ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?