Saturday, December 21, 2024
spot_img

ट्रेन्डिङ :

छानबिन गर्न पाइँदैन भन्ने पार्टीले जुलुस निकालेर सुशासनको कुरा गर्न सुहाउँदैन : महासचिव पोखरेल

spot_img
spot_img
spot_img

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सहकारी प्रकरणमा परेका नेतालाई छानबिन गर्न पाइँदैन भनेर जुलुस निकाल्ने पार्टीले सुशासनको कुरा गर्न नसुहाउने बताउनुभएको छ ।

चाडपर्वको अवसरमा एमाले चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले पार्टीका कुनै पनि नेतालाई अनुसन्धान नगर भनेर आन्दोलन र जुलुस ननिकालेको तर नयाँ भनिएकाले यस्तो गरिररहेकामा विरोध जनाउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “सहकारी प्रकरणमा एमाले नेतृत्वको सरकारले कसैलाई अन्याय गर्छ कि भन्ने लाग्नसक्छ तर व्यक्ति केन्द्रीत छानबिन नगरौँ भन्ने पार्टीले त्यस्तो गर्न सक्दैन । छानबिन समिति सबै दलको सहभागितामा निर्माण गरिएको हो । तीमध्ये दुई पार्टी सत्ता र तीन पार्टी प्रतिपक्षमा रहेका छौँ, सबैको सर्वसम्मतिमा प्रतिवेदन तयार भएको र सरोकारवाला निकायले अनुसन्धान अघि बढाएको कुरालाई प्रतिशोध भनेर उचाल्नु राम्रो होइन ।”

यसैगरी उहाँले नयाँ भनेका पार्टीभन्दा पुरानै पार्टीले बरू न्यायालयप्रति सम्मान गरेर सहयोग गर्दैआएको धारणा राख्नुभयो । “काँग्रेस एमालेले कुनै पनि काण्डमा अनुसन्धानको प्रक्रिया रोक्न नाराजुलुस गरेका छैनन् । नयाँ भनिएका पार्टीले ठगी प्रकरणमा परेकालाई छानविन गर्न पाइँदैन भनेर आन्दोलन गरिरहेका छन् । यो राम्रो भएन” महासचिव पोखरेलको भनाइ छ । पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन कुनै पनि बहकाउमा नलाग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?