Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

चीनको शेनझोउ मिसन सफल

spot_img
spot_img
spot_img

काठमाडौँ । चीनले तीन अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाएको छ । तीन अन्तरिक्ष यात्री बोकेको चीनको अन्तरिक्ष यान ६ घण्टाको यात्रापछि तियाङगोङ अन्तरिक्ष स्टेशन पुगेको छ ।

यी युवा अन्तरिक्ष यात्रीहरूमा देशकै पहिलो महिला अन्तरिक्ष इन्जिनियर पनि पर्छन् । यो चीनको आफ्नै स्पेस स्टेशन हो । यहाँ अन्तरिक्ष यात्रीहरूले आगामी छ महिनासम्म प्रयोग र अन्तरिक्ष पदयात्रा गर्नेछन् ।

यी अनुभव र यसबाट प्राप्त जानकारी सङ्कलन गरी सन् २०३० सम्ममा चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य रहेको छ ।

चीनले शेनझोउ-१९ अन्तरिक्ष यानको प्रक्षेपण सफल भएको घोषणा गरेको छ । चीनको यी प्रयासलाई हेरेर अन्तरिक्ष दौडमा आफ्नो प्रतिद्वन्द्वी अमेरिकालाई उछिन्न चाहेको बताइएको छ ।

करिब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले अन्तरिक्ष उद्योगको विकास गरी चीनलाई अन्तरिक्ष शक्ति बनाउने सपना रहेको बताएका थिए ।

यस मिसनको पाइलट काई शुजे हुन् । अनुभवी शुजे सन् १९९० को दशकमा जन्मिएका अन्तरिक्ष यात्रीहरूको नयाँ पुस्तासँग यात्रा गरिरहेका छन् ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?