डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।
यस अनुसार काठमाडौँ र पोखरा र दिपायलमा यसअघि यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ ।
यसपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन । निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।