Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य

spot_img
spot_img
spot_img

काठमाडौँ । इजरायली सेनाले उत्तरी लेबनानी सहर ब्याट्रोनमा हिजबुल्लाहका एक वरिष्ठ सदस्यलाई नियन्त्रणमा लिएको जनाएको छ ।

इजरायली सेनाका अनुसार उनीहरूले हिजबुल्लाहका एक वरिष्ठ सदस्यलाई शुक्रबार ब्याट्रोनमा नौसेना आक्रमणमा पक्राउ गरेका थिए ।

इजरायली सेनाका एक वरिष्ठ अधिकारीले भने कि हामीले विशेष अपरेशनको एक भागको रूपमा हिजबुल्लाह सदस्यलाई पक्रेर इजरायली क्षेत्रमा लगेका छौं ।

हाल हिजबुल्लाहले इजरायली सेनाको दावीमा कुनै प्रतिक्रिया दिएको छैन ।

लेबनानको सरकारी मिडियाका अनुसार अज्ञात सैन्य बलहरूले बिहानै समुद्र तट नजिकैको एउटा भवनमा छापा मारेका थिए । भवनबाट बाहिरिने क्रममा उनीहरूले एक व्यक्तिलाई समातेर स्पीडबोटमा राखेर लगेको बताइएको छ ।

यो घटनापछि लेबनानी प्रधानमन्त्री नजिब मिकातीको कार्यालयले परराष्ट्र मन्त्रालयलाई संयुक्त राष्ट्र सुरक्षा परिषदमा उजुरी गर्न निर्देशन दिएको बताएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार लेबनानी सेना र संयुक्त राष्ट्र शान्ति सेना युनिफिल दुवैले छापा मारेर अनुसन्धान गरिरहेका छन् ।

लेबनानका यातायात मन्त्री अली हामिदका अनुसार यो कार्य संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ को उल्लङ्घन पनि हुन सक्छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?