काठमाडौं – सरकारले गत ४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सूचथा तथा सञ्चारमन्त्री पार्वत गुरुङले बिहीबार एक कार्यक्रमको आयोजना गरि मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् । मन्त्रीपरिषद्ले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने २ सय मिलियन अमेरिकी डलर (करिब रु.२४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको उनले जानकारी दिए।
यस्तै, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत, पाटनका न्यायाधीश लोहित चन्द्र शाहलाई तोक्ने निर्णय गरेको उनले बताए।
त्यस्तै सरकारले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा सिन्धुलीका आशिष गजुरेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।