Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

कूटनीतिक मर्यादा र प्रोटोकल विपरीत प्रधानमन्त्री ओलीले गोयलसँग गरेको शंकास्पद भेटघाट

spot_img
spot_img
spot_img

काठमाडौं : कात्तिक ६, चर्को र मौसमी राष्ट्रवादको नारा लगाएर आफुलाई नेपालको समकालीन राजनीतिमा नायकका रुपमा स्थापित गराएका सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेर भारतीय खुफिया एजेन्सी रअ (रिसर्च एण्ड एनालाईसीस उइंग) प्रमुख सामन्त कुमार गोयलसँग भेटघाट गरेपछि त्यसको चर्को आलोचना भईरहेको छ । कुनै पनि देशका कार्यकारी प्रमुखले परराष्ट्र मन्त्रालयलाई बाइपास गरेर कुनै अर्को सार्वभौम राष्ट्रका प्रमुख, महत्वपूर्ण भूमिकामा रहेका व्याक्तिसँग भेटघाट वा बैठक गर्नु कूटनीतिक मर्यादा र प्रोटोकल विपरीत मानिन्छ । नेपालको गुप्तचर निकाय (राष्ट्रिय अनुसन्धान विभाग) लाई गृहमन्त्रीबाट खोसेर आफ्नो मातहतमा ल्याउनुका साथै रक्षामन्त्रीको जिम्मेवारी पनि खोसेर आफ्नै मातहतमा ल्याएका प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध अगाडि बढाउनका लागि परराष्ट्र मन्त्रालय र आफ्नै पार्टीको सचिवालयलाई ‘बाइपास’ गरेको भन्दै पार्टी भित्र र बाहिर चर्को विरोध भरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ घण्टे नेपाल भ्रमण आएका रअका प्रमुख सामन्त कुमार गोयलसँग बुधबार राती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटवार्ता गरेका थिए । भेटमा विभिन्न दुईपक्षीय विषयमा कुराकानी भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विहीबार प्रेस नोट सार्वजनिक गरेका छन् ।

एकातर्फ भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो देशको राजनीतिक नक्सामा राखेपछि त्यसको विरोधमा जनता कोरोना महामारीको बेवास्ता गर्दै देशव्यापी प्रदर्शनमा उत्रिए भने बौद्धिकवर्गले पनि सरकारलाई भारतले मिचेको भूमि समेटेर नयाँ नक्सा जारी गर्न दबाब दियो । विभिन्न राजनीतिक दलहरुले पनि सरकारलाई चर्को दबाब दिए । फस्वरुप दबाब थेग्न नसकेर ओली सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा सार्वजनिक गर्न बाध्य बन्यो । जसकारण भारत नेपालसँग रुष्ट बन्न पुग्यो । रुष्ट बनेको भारतलाई खुसी पार्न आत्मसमर्पण गरी आफ्नो पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको संघारमा पुगेको बेला नेपालर प्रचण्ड पक्षलाई तर्साउने डण्डाका रुपमा प्रयोग गर्न नेपालमा माईक्रो म्यानेजमेन्ट गर्दै आएको ठानिने भारतीय खुपिया एजेन्सी रअ प्रमुख सामन्त गोयललाई आमन्त्रण गरेको हुन सक्ने जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सत्ता संकट टार्न गोयललाई नेपाल भ्रमणमा आमन्त्रण गरेको ठानिन्छ । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाल र खनाललगायतका आफ्नै पार्टीका नेताहरुसँग सल्लाह नगरी गोयलाई आमन्त्रण गरेको बताईन्छ । सत्तारुढ नेकपाका नेता भीम रावलले यो भेटलाई कूटनीतिक मर्यादाविपरीत भन्दै सार्वजनिक रुपमै विरोधगरिसकेको छन् । नेपालले लामो समयदेखि राजनीतिक र कूटनीतिक तहमा वार्ताको प्रस्ताव गरिरहेको बेला गुप्तचर प्रमुखसँग सार्वभौम राष्ट्रका कार्यकारी प्रधानमन्त्रीले आमन्त्रण गरेर रातो कार्पेटले स्वागत गर्नु लज्जास्पद बिषय हो । जसले गर्दा बि. स. २०७२ सालमा नकाबन्दीका बेला राष्ट्रवादको जामा लगाएका ओलीको राष्ट्रवाको मुखुण्डो उदाङ्गो भएको परराष्ट्रविद्हरुको भनाई छ । कुनै पनि खुफिया एजेन्सीका प्रमुखले प्रोटोकलअनुसार प्रधानमन्त्रीसँग होईन गृहमन्त्रीसम्मलाई भेट्न मिल्ने पराराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

विश्लेषकहरुका अनुसार यदि भारतले प्रधानमन्त्री ओलीलाई कुनै राजनीतिक सन्देश पठाउने हो भने विदेशमन्त्री, विदेश सचिव अथवा अन्य कुनै कूटनीतिज्ञलाई पठाउने थियो, तर गुप्तचर एजेन्सीको व्यक्तिलाई पठाउँदैनन् । यस मामिलामा सरकारले परराष्ट्र मन्त्रालयलाई उडानको लागि अनुमति लिने भन्दा अन्य केही जानकारी गराएको थिएन । अनुमति दिने बाहेक यस विषयमा परराष्ट्रमन्त्रीलाई केही पनि जानकारी थिएन । भ्रमणको सबै व्यवस्था राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्रीसँगको सहकार्यमा अगाडि बढाएको थियो र यसमा सेनाको पनि साथ थियो । परराष्ट्रलाई बाइपास गरेर रअ प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेटघाटलाई शंकास्पद ठानिएको छ । जसको नेपालको आन्तरिक राजनीतिमा दीर्घकालीन नकारात्मक असर पर्ने शंका गर्ने प्रशस्त ठाउँ रहेको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?