Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

ललितपुर महानगरले बनाउदै साइकल लेन, तर सडक बिभागले दिन मानेन अनुमति

spot_img
spot_img
spot_img

ललितपुर। ललितपुर महानगरपालिकाले साइकलका लागि छुट्टै लेनको निर्माण सुरु गरेको छ तर त्यसका लागि सडक विभागले स्वीकृति भने दिएको छैन । महानगरपालिकाले काठमाडौँ र ललितपुर जोड्ने मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी छुट्टै लेनको निर्माण सुरु गरेको हो । सो सडकखण्ड सडक विभाग अन्तर्गत रहेको छ । सो सडकखण्डको लम्बाइ करिब दस किलोमिटर छ ।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले सो सडकखण्डमा साइकल लेन निर्माण गरी साइकल सञ्चालनका लागि सडक विभागसँग पटकपटक लिखित अनुमति माग गर्दा पनि विभागबाट अनुमति प्राप्त हुन नसकेको गुुनासो गर्नुभयो । सडक विभागले भने महानगरपालिकाले आफूूखुसी साइकल लेन निर्माण गरेको भनाइ छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले ललितपुर महानगरपालिकाले सडक विभागको अनुमतिविना नै आफूखुसी मुख्य सडकमा साइकल लेनको तयारी गरिरहेको बताउनुभयो । उहाँले सो सडकखण्डमा विभागको अनुमतिविना साइकल चलाउन नमिल्ने स्पष्ट पार्नुभयो । साइकल लेनका लागि सडकको दुवैतिर डेढ डेढ मिटर छुट्याइएको छ ।

‘‘काठमाडौँ र ललितपुर जोड्ने थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार क्षेत्रको सडक फराकिलो बनाउने सम्भावना छैन’’, उपमहानिर्देशक सापकोटाले थप्नुभयो, ‘‘साँघुरो र व्यस्त सडकमा दायाँबायाँ साइकल लेन बनाएर सडकलाई थप साँघुरो बनाउने गरी अनुमति दिन सकिँदैन ।’’

अहिलेकै सवारीसाधनको चापलाई थेग्न नसकेको सो सडकखण्डमा झन् साइकल लेन बनाउँदा बढ्न सक्ने जोखिम र दुर्घटनाको दायित्व समेत सडक विभागलाई नै हुने भएकाले यस सम्बन्धमा विभागले थप अध्ययन र छलफल गरेर मात्र अगाडि बढ्न सक्ने उहाँले स्पष्ट पार्नुभयो ।

महानगरले भने सहरलाई अझ व्यवस्थित बनाउन साइकल लेन बनाएको दाबी गरेको छ । ‘स्वच्छ र सफा महानगर’ कार्यक्रम अन्तर्गत महानगरको विभिन्न रुटमा साइकल लेन निर्माण गर्ने कार्यक्रम अगाडि बढाइएको बताउँदै महानगर प्रमुख महर्जनले वातावरण र नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको यो कार्यक्रमलाई सफलतापूर्वक अगाडि बढाउनमा सम्बन्धित सबै निकायको सहयोग आवश्यक रहेको बताउनुुभयो ।

नमूुना परियोजनाका रूपमा पहिलो चरणमा थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल लेन निर्माण गरिएको बताउँदै नगरप्रमुख महर्जनले दोस्रो चरणमा महानगरको २२ किलोमिटर भित्री सडकमा साइकल लेन निर्माण गर्ने योजना रहेको जानकारी दिनुुभयो ।- गोरखापत्र अनलाईनबाट

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?