Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

प्रशिक्षक मोरिन्होलाई प्रतिबन्ध र जरिवाना

spot_img
spot_img
spot_img

काठमाडौँ । टर्किस क्लब फेनेरबाची स्पोर्ट्स क्लबका प्रशिक्षक जोसे मोरिन्होलाई प्रतिबन्ध र जरिवाना लगाइएको छ ।

टर्किस फुटबल फेडेरेसनले मोरिन्होलाई युरोपा लिग अन्तर्गतको खेलपछि रेफ्री बारे गरेको टिप्पणीका कारण एक खेलको प्रतिबन्ध लगाएको छ भने २० हजार युरो भन्दाबढी जरिवाना गरेको छ ।

आइतबार भएको टर्किस लिगको ट्राबजोनस्पोरविरुद्धको खेल फेनेरबाचीले ३-२ ले जितेको थियो । सो खेलपछि मोरिन्होले भार रेफ्री र पुरै रेफ्री टिमले पक्षपात गरेको आरोप लगाउदै यस्तो रेफ्री आफुहरुलाई स्वीकार्य नहुने बताएका थिए ।

मोरिन्होको आक्रामक टिप्पणीपछि फेडेरेसनले उनको टिप्पणी खेल भावना विपरित भएको भन्दै २० हजार १७८ युरो जरिवाना गरेको छ । त्यस्तै उनलाई अतिरिक्त १३ सय युरो समेत जरिवाना गरिएको फेडेरेसनले जनाएको छ । त्यस्तै उनलाई एक खेलमा ड्रेसिङ रुम र टचलाइनमा जान प्रतिबन्ध लगाइएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?