Wednesday, January 1, 2025

ट्रेन्डिङ :

रास्वपा नेता कार्की भन्छन्- नयाँ पार्टीले देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा हामी चुक्यौं, माफी माग्छु

spot_img
spot_img
spot_img

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टीका रूपमा चुकेको भन्दै माफी मागेका छन् ।

नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिला बल्लभ अधिकारीलाई निलम्बन गरेको विषयमा सामाजिक सञ्जालमा एक टिप्पणी लेख्दै कार्कीले एमालेले गरेको कारवाही सह्राननीय रहेको र आफुहरुले अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न भन्ने हेरिरहेको उल्लेख गरेका छन् ।

साथै कार्कीले नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा आफुहरु चुकेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-

जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ । उनीमाथि छानविनका लागि अनुरोध गरेको छ । यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ । अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हामी हेरिरहेका छौँ ।

र, नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा हामी चुकेका छौँ । मेरो भागमा पर्ने गल्ति, मौनताका लागि सार्वजनिकरूपमा माफी माग्छु ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?