Thursday, January 2, 2025

ट्रेन्डिङ :

दुई सय करोड क्लबमा कार्तिक आर्यन स्टारर भूल भुलैया- ३

spot_img
spot_img
spot_img

काठमाडौँ । बलिवुड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म भूल भुलैया ३ ले बक्स अफिसमा शानदार कमाई गरेको छ ।

भूल भुलैया ३ ले भारतीय बक्स अफिसमा २०० करोड कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले आइतबार १८ करोड १० लाख कमाई गर्दै कुल २१६ करोड ७६ लाख कमाई गरेको हो ।

यो कार्तिक आर्यन र निर्देशक अनिज बज्मीको पहिलो दुई सय करोड क्लबको फिल्म बनेको छ । त्यस्तै भूल भुलैया सिरिजको पनि पहिलो दुई सय करोड क्लबको फिल्म बनेको छ । १५० करोडको लगानीमा बनेको यो फिल्म कार्तिक आर्यनको अहिलेसम्मकै ब्लकबस्टर बनेको छ ।

फिल्ममा कार्तिकका अलावा विद्या बालन, तृप्ति डुमरी र माधुरी दिक्षितको पनि प्रमुख भूमिका रहेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?