Wednesday, November 13, 2024
spot_img

ट्रेन्डिङ :

बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

spot_img
spot_img

हेटौडा । बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्याइएको छ ।  प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विनाविभागिय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय फुटाइएको हो ।

पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय फुटाएर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सयदिनभन्दा बढी विनाविभागीय मन्त्री भएका श्रेष्ठलेअब सहकारी तथा गरिबी मन्त्रालय पाएका छन् ।

यससंगै बागमती प्रदेशमा १४ मन्त्रालय भएका छन्। यसअघि १३ मन्त्रालय थिए । यससंगै बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री सहित ८ र एमालेबाट ६ जान मन्त्री बनेका छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?