Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत काठमाडौँमा

spot_img
spot_img

काठमाडौँ । युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउरलाई नेपाल भ्रमणमा आएकी छन् ।

काठमाडौँस्थित अमेरिकी दुताबासका अनुसार फिनकेनाउरको मुख्य भूमिका युवाहरूको आवाजलाई प्रबल बनाउनु र उनीहरूसँग अर्थपूर्ण सम्बन्धहरू स्थापना गर्नु हो, जसले लोकतन्त्रको प्रवर्धन र प्रगतिको लागि मार्ग प्रशस्त गर्नेछ ।

विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने र लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रमहरूमा सहभागी हुने जानकारी दुताबासले दिएको छ ।

उनको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रगाढ बनाउनका साथै युवाहरूलाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणका लागि मद्दत गर्न सहयोग गर्ने दुताबासले जनाएको छ ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?