काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् ।
बुधवारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको छ । ओएसआर डिजिटलको यु ट्युब च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको हो ।
लोकप्रिय गायक सत्यराज आचार्यद्वारा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् ।
१३ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आएको फिल्म ‘आचार्य’ भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा प्रदर्शन गरिएको थियो ।
२०६८ असोज ६ गते पहिलो पटक सिनेमा हलमा प्रदर्शन गरिएको यो फिल्मलाई पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको सत्यराज आचार्यको भनाइ छ ।
यो फिल्ममा सत्यराज नै पिताको भूमिकामा छन् । फिल्ममा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ । यो फिल्ममा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् ।
गायक आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भएको थियो ।
फिल्मको लिंक: