Sunday, September 8, 2024

ट्रेन्डिङ :

चाडपर्व मनाउने अवस्था छैन, संयमित हुनुस् : पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीबाट बच्नका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डको पालना गर्दै चाडपर्व मनाउन अपिल गरेका छन् । शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले दशैं, तिहार तथा छठ पर्वका लागि शुभकामना व्यक्त गर्दै सुरक्षाका मापदण्डको पालना गर्दै चाडपर्व मनाउन अपिल गरेका हुन् ।

उनले कोरोनाका कारण अहिले चाडपर्व मनाउने अवस्था नभएको भन्दै उनले संयमित हुनुपर्ने सन्देशमा बताएका छन् । अध्यक्ष प्रचण्डले नेपाली समुदायले मनाउने विभिन्न चाडपर्वले आपसी संहिष्णुता, भातृत्व र भावनात्मक एकता पैदा गर्ने समेत जनाएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?