Wednesday, January 29, 2025

ट्रेन्डिङ :

नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख झ्वाम्

spot_img
spot_img
spot_img

काठमाडौं- फेसबुकमा नक्कली आइडी बनाएर युवतीलाई लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नम्बर ५ घर भएका रुद्रबहादुर गुरुङ रहेका छन्।

काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ हाइभिजनमा बस्दै आएका गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

गुरुङले एक युवतीलाई फेसबुकमा नक्कली आइडी बनाएर २७ लाख ८३ हजार २०० रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

उनका अनुसार गुरुङले आफू फ्रान्स र सिंगापुरको लाहुरे रहेको भन्दै ती युवतीसँग चिनजान गरेका थिए। लाहुरेको कमाई आकर्षक हुने भएकाले गण्डकी प्रदेशकी ती युवती लोभिइहालिन्।

‘तिमीलाई मन पराउँछु, बिहे गरेर सिंगापुर लैजान्छु, सिंगापुर लैजानका लागि कागजातहरू बनाउनुपर्छ,’ गुरुङलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक आचार्यले भने, ‘त्यसबापत पैसा लाग्छ।’

गुरुङले ती युवतीलाई काठमाडौं र चितवनका विभिन्न स्थानमा बोलाएका थिए। आफ्नो हुलिया एवम् परिचय परिवर्तन गरी उनले चेक तथा नगद १६ लाख ८३ हजार ६०० असुले।

त्यस्तै, विभिन्न व्यक्तिको नाममा रहेका २६ वटा इ-सेवा वालेटहरूमा १० लाख ९९ हजार ६०० रुपैयाँ जम्मा गर्न लगाए।

रकम असुलेपछि गुरुङ बेपत्ता भए। यसपछि युवतीका आफन्त प्रहरीकहाँ पुगेका थिए। जाहेरी परेपछि प्रहरीले गुरुङको खोजी गरिरहेको थियो।

उनलाई चन्द्रागिरिस्थित कोलोनीमा बसिरहेका बेला पक्राउ गरिएको आचार्यले बताए। गुरुङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?