Thursday, November 21, 2024
spot_img

ट्रेन्डिङ :

पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

spot_img
spot_img

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको पार्थिव शरीरमा दुई छोराले दागबत्ती दिएका छन् ।

सो अवसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । त्यसअघि ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको सानो गौचरनमा राखिएको थियो । सरकारी उच्च पदस्थ व्यक्तिहरु, राजनीतिक दलका नेतालगायत सानो गौचरन पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली सानो गौचरन पुगेर ढुंगानाको पार्थिव शरिरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।  त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएका थिए ।

ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्ताहरु पुगेका थिए ।

कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार उपचारको क्रममा निधन भएको हो । स्वर्गीय ढुंगानाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?