Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड

spot_img
spot_img
spot_img

काठमाडौँ– काठमाडौँको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ। शनिबार बिहान नचिनेको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन्। एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिद भूमाफियाको तारोसमेत बन्ने गरेको छ। निर्माणधीन धरहराको ठीकपछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ। मस्जिद भत्काइएपछि काठमाडौँमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन्।

मस्जिद परिसरमा भेटिएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको बताए। यस अघिपनि पटक–पटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताए। यस्तै मस्जिद रहेको काठमाडौँ महानगरपालिका वडा नं. २२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैँ मस्जिद खाली गर्न धम्क्याउने गरेको बताए।

यता आजको घटनालाई नेपाल मुस्लिम संघले समेत विरोध गरेको छ। मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटना मस्जिद माथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिम माथिको आक्रमण भएको बताए। यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो। यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन्। आजभन्दा एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौँ आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ४ प्रहरको नमाज पढन मस्लिम समुदाय पुग्ने गरेका छन्।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?