Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

नागरिकको उपचारको जिम्मा लिनु सरकारको अनिवार्य दायित्व : पूर्वअध्यक्ष रेग्मी

spot_img
spot_img
spot_img

काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कोभिड–१९ ले आक्रान्त पारेको अहिलेका विषय परिस्थितिमा संयमित र संवेदनशील भई आफ्नै घरपरिवारमै बसेर दशैँ मनाउन सबैमा आह्वान गर्नुभएको छ । बडादशैँका अवसरमा आज दिनुभएको सन्देशमा उहाँले आफ्नै घरपरिवारमा बसी दशैं मनाउन तथा आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित हुन दिन आग्रह गर्नुभएको छ ।

नवदुर्गा भवानीले कोरोना महामारीसँग लड्न आत्मबल र सक्षमता प्रदान गरून् भनी उहाँले कामना गर्नुभएको छ । जस्तोसुकै अवस्था रहे पनि आफ्नो परम्परा र संस्कृति छाड्न नसक्ने हाम्रो सभ्यता र पहिचान रहेको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले समस्यासँग जुध्दै अघि बढ्न र चुनौतीको सामना गर्न आह्वान गर्नुभएको छ ।

सबै नागरिकलाई महामारीबाट त्राण दिन सरकारले उपचारको जिम्मा लिनु अनिवार्य दायित्व रहेको बताउँदै पूर्वअध्यक्ष रेग्मीले भन्नुभएको छ, “महामारीलाई आधारभूत स्वास्थ्य सेवा नभने केलाई भन्ने कुरा आउँछ, सरकारको यो मानवीय र संवैधानिक दायित्व हो ।” बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजमा मनाइँदै आएको महान् पर्व बडादशैँका उपलक्ष्यमा पूर्वप्रधानन्यायाधीश रेग्मीले सबै नेपालीमा शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?