Friday, December 27, 2024
spot_img

ट्रेन्डिङ :

चिकित्सकले मृत घोषणा व्यक्ति चिताबाट ब्यूँझिएपछि……

spot_img
spot_img
spot_img

बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उहाँको पोष्ट मोर्टम गरेन ।

तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उहाँ ब्यूँझिएको चिकित्सा अधिकारीहरूले शनिबार बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार रोहितास विरामी परेपछि उहाँलाई परिवार र आफन्तजनले पश्चिमी राज्य राजस्थानको झुनझुनुस्थित एक अस्पतालमा लगेका थिए । तर उहाँको उपचार नगरिकनै मृत घोषणा गरिएको थियो र उहाँलाई मृतकहरू राख्ने कक्षमा पठाइयो । परिवारजनले उहाँको हिन्दु संस्कार अनुसार अन्त्येष्टिको तयारी गरे ।

भारतीय सञ्चारमाध्यमका अनुसार वास्तवमा उहाँलाई छारे रोग ९मिर्गी० को समस्या देखिएको रहेछ । अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले एएफपीसँग भन्नुभयो, “एक जना चिकित्सकले पोष्टमार्टम नगरी पोष्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुल्न आएको छ ।

“चिता जलाउनुभन्दा केही समयअघि रोहिताशको शरीरले हलचल सुरु भएपछि मलामीका रूपमा गएका मानिसहरूले उहाँ जीवित रहेको र सास फेरिरहेको पाएपछि उहाँलाई पुनः अस्पताल लगिएको थियो,” सिंहले भन्नुभयो ।

रोहितासलाई दोस्रो पटक अस्पताल लगिएको र उपचारको क्रममा शुक्रबार उहाँको मृत्यु भएको पुष्टि भएको थियो । अधिकारीहरूले अस्पतालको सेवा केही समयका लागि बन्द गरेको जनाएका छन् । 

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?