Thursday, November 28, 2024
spot_img

ट्रेन्डिङ :

एक कप चियाकाे एक लाख ! दुबइमा पाइन्छ पिउन

spot_img
spot_img

काठमाडौं, १३ मंसिर । नेपालमा २० रुपैयाँदेखि ७ सय रुपैयाँसम्मको चिया पाइन्छ ।

भारत पनि सबैभन्दा महँगो चिया ताज प्यालेस होटेलमा उपलब्ध छ, जसको मूल्य  ७०० देखि ८५० पर्छ । तर के तपाईलाई थाहा छ, दुबईमा एउटा चिया एक लाखमा पाइन्छ । आज हामी तपालाई यसको बारेमा जानकारी दिनेछौं ।

तर, दुबईको एउटा क्याफेमा २४ क्यारेट सुनको चिया पाइन्छ। हामी डीआइएफसी, एमिरेट्स फाइनान्सियल टावरहरूमा अवस्थित बोहो क्याफेको बारेमा कुरा गर्दैछौं। यसलाई भारतीय मूलकी महिला सुचेता शर्माले सञ्चालित गरेकी छिन् । यो क्याफेमा २४ क्यारेटको सुनको पातमा पाइने ‘गोल्ड कडा’ चियाको साथ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भर्खरै एउटा भाइरल भिडियो सार्वजनिक भएको छ, जसमा एक फूड भ्लगरले हामीलाई क्याफे रेष्टुरेन्ट र यसको सबैभन्दा महँगो चियाको बारेमा बताइ रहेका छन्। भ्लगरले बताए कि चिया शुद्ध चाँदीको कटलरीमा सुनको धुलो र सुनको पात माथि दिइन्छ।

यो भिडियोलाई अहिलेसम्म ९० हजार पटक भन्दा बढी हेरिएको छ। यो भिडियोमा मानिसहरुले निकै रमाइलो कमेन्ट गरेका छन् ।

एक प्रयोगकर्ताले, ‘भाइ, चिया पिउनको लागि इएमआई लिनुपर्छ’ भनेर मैले सपनामा पनि सोचेको थिइनँ भनी टिप्पणी गरेका छन् । अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘अब म मेरो कफी र क्रोइसेन्टमा सुन किन खान चाहन्छुरु अर्का प्रयोगकर्ताले सुनको होस् या नहोस्, यसलाई शौचालयबाट तल झारिने बताए ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?