Wednesday, December 4, 2024
spot_img

ट्रेन्डिङ :

दुर्गा प्रसाईं कम्तिमा मंसिर २१ सम्म हिरासतमा रहने

spot_img
spot_img

काठमाडौं, १८ मंसिर । बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाइ थप चार दिन हिरासतमा रहने भएका छन् ।

राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं थप ४ दिन हिरासतमा रहने भएका हुन ।

मंगलबार जिल्ला अदालत, काठमाडौंले उनलाइ थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको छ । अब उनी कम्तिमा पनि मंसीर २१ सम्म हिरासतमा नै रहने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी रहेको भन्दै विवादास्पद दस्तावेज सार्वजनिक गरे पछि नेपाल प्रहरीको सीआईबीले उनलाई गत मंसिर ४ गते पक्राउ गरेको थियो ।

साइबर अपराध अभियोगमा पक्राउ परेका उनको पक्राउ गैरकानुनी भएको भनेर यसअघि नै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेपनि खारेज भएको थियो ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?