Wednesday, December 4, 2024
spot_img

ट्रेन्डिङ :

एनपिएलमा सट्टेबाजी खेलाउने भारतीयहरू त्रिवि क्रिकेट मैदानभित्रै

spot_img
spot_img

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)का खेल जारी रहँदा त्यसमा सट्टेबाजी खेलाउन भारतीयहरू नेपाल आइरहेको खुलेको छ।

प्रहरीले अनलाइन सट्टेबाजी खेलाइरहेको अवस्थामा चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार कलकत्ता बाह्रसान बवुनगाद्धीका २४ वर्षीय सुन धोष, उत्तर प्रदेश कानपुरका २५ वर्षीय अमित यादव, बिहार सहरसाका २७ वर्षीय सुमन्त कुमार र सोही ठाउँका ३० वर्षीय ब्रजेश कुमार रहेका छन्।

उनीहरूलाई दुई दिनअघि ब्युरोको टोलीले क्रिकेट मैदान कीर्तिपुरबाट पक्राउ गरेको हो। ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनीहरूले मंसिर १५ गतेदेखि जारी एनपिएलमा सट्टेबाजी खेलाइरहेका थिए।

उनीहरूले स्पोर्ट्स बाजी, प्रोबोलगायतका अनलाइन बेटिङ एप्सबाट पैसाको हारजित हुने गरी मैदानभित्रैबाट सट्टेबाजी खेलाइरहेका थिए।

त्रिवि क्रिकेट मैदानमा एनपिएलका खेल अहिले पनि जारी छ। उक्त खेलहरूमा सट्टेबाजी खेलाउने भारतीय गिरोह नै सक्रिय रहेको अनुमान प्रहरीको छ।

प्रहरीले अन्य सट्टेबाजहरूको खोजी गरिरहेको छ। पक्राउ परेकालाई सट्टेबाजी गराउन नपाइने कसुरमा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?