न्युर्योक, १९ मंसीर । दिग्गज वैश्विक लगानीकर्ता मार्क मोबियसले अरबपति व्यवसायी जर्ज सोरोसले आफ्नो राजनीतिक एजेन्डालाई पछ्याउन धेरै पैसा कमाएको र यसलाई वर्षौंसम्म प्रयोग गरेको बताएका छन् ।
तर, डेमोक्रेटिक पार्टीको पराजय र रिपब्लिकनका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा फर्किए पछि जर्ज सोरेजको विश्वव्यापी स्थिति निकै कमजोर हुने उनले जनाएका छन ।
हंगेरीमा जन्मेका अमेरिकी लगानीकर्ता सोरोस, डेमोक्र्याटिक पार्टीका प्रमुख दाताहरूमध्ये एक हुन । र। उनको नेटवर्कले पछिल्ला केही वर्षहरूमा भारत लगायत कमजोर आर्थिक अवस्था भएका देशलाई अस्थिर बनाउने प्रयास गरिरहेको थियो ।
समाचार एजेन्सी आईएएनएससँगको विशेष कुराकानीमा ८८ वर्षीय मोबियसले ‘सोरोसले देशहरूलाई लोकतान्त्रिक संरचनातर्फ जान मद्दत गरिरहेको विश्वास व्यक्त गरे। तर मलाई लाग्छ कि यी मध्ये केही चीजहरू अब अलि टाढा हुने छन्।’
मोबियसले भने, ‘मलाई लाग्छ कि यदि उसले यो बाटोमा निरन्तरता दियो भने उसले विश्व समुदायको समर्थन पाउने छैन।’ सोरेश अमेरिका र ब्रिटिश पाउन्ड बीचको मुद्रा व्यापारबाट धेरै पैसा कमाउने व्यक्ति हुन्।
उनले थप भने, ‘तर, यसरी कमाएको त्यो पैसा आफ्नो राजनीतिक एजेन्डाका लागि प्रयोग गरिरहनुभएको छ तर अहिले भने उनको धेरै ध्वस्त भइसकेको छ। अमेरिकामा भर्खरै भएको निर्वाचनपछि पूरै वामपन्थी उदार संस्कृति ध्वस्त हुँदैछ, यसले सोरोसको स्थितिलाई पहिले भन्दा धेरै कमजोर बनाउने छ ।’