काठमाडौं । काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित हासिल गरेको छ ।
काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै पहिलो जीत हासिल गरेको हो ।
कर्णालीले प्रस्तुत गरेको १५० रनकोलक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेटमा पुरा गरेको हो । कर्णाली याक्सले काठमाडौ गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
अघिल्लो खेलमा १४ रन मात्रै बनाएर बाहिरिएका भारतीय क्रीकेटर शिखर धवनको उत्कृष्ट प्रदर्शनसँगै काठमाडौंले १५० रन बनाउन सफल भए पनि अन्ततः कर्णालीकाे केही लागेन । आजको खेलमा कर्णालीका धवनले ५१ बलमा अविजित ७२ रन जोडन सफल भएका थिए ।
त्रिभुवन विश्वबिधालय, किर्तिपुर क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियाे । यसअघिका पहिलो खेल गुमाएका दुवै टोली पहिलो जितको प्रयासमा जुटेका थिए ।
कर्णाली जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएर मैदानमा उत्रिए पनि दाेस्राे पटक पनि उ पराजित भएकाे छ । तर, पहिलो खेलमा चितवन राइनोजसंग ५ विकेटले पराजित भएर मैदानमा उत्रेका काठमाडौं गाेर्खाज भने अाज ३ बिकेटले बिजयी भएकाे छ ।