जनकपुर, २० मंसीर । त्रेता युगमा भएको भगवान राम सीताको विवाहको सम्झानामा जनकपुरधाममा मनाइने विवाह पंचमी महोत्सवको व्यापापक तयारी गरिएको छ ।
भारतबाट हरेक पाँच वर्षमा आउने जन्तीहरु समेत जनकपुरधाम आई पुगेपछि मेला भर्न श्रद्धालुहरु समेत जनकपुरधाम आउने सुरू गरेका छन् ।
जनकपुरधाममा साताव्यापी विबाह पञ्चमी महोत्सव मनाउने गरिएको छ । विवाह पञ्चमीलाई लिएर यस पटक तिनवटै तहका सरकारले क्रियाशिलता देखाएका छन् ।
श्रद्धालुहरु आउने थालेपछि जनकपुरधामको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । जिल्ला प्रहरी धनुषाले जनकपुरधामा भिडभाड हुने स्थानहरुमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ । प्रदेशका अन्य जिल्लाबाट समेत प्रहरीहरु ल्याएर नगरभरि परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भवनेश्वर तिवारीले नगर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको विवाह पञ्चमी महोत्सवको दिनमा भिडभाड हुने स्थानमा आवश्यकता अनुसार सुरक्षा व्यवस्था परिचालिन गरिने जानकारी दिए । उनले २५ सयको संख्यामा विवाह पञ्चमी महोत्सवमा सुरक्षाकर्मीहरु परिचालन गरिने छ ।
मेलामा भिडभाड हुने स्थानहरुमा प्रहरीले सुरक्षा गस्ती गर्ने र नगर क्षेत्रको विभिन्न चौक चौकहरुमा सुरक्षाकर्मी श्रद्धालुहरुको सुरक्षाको लागि बस्ने भएका छन । विशेष गरेर विवाह पञ्चमी र एक अगाडी दिने जनकपुरधाममा श्रद्धालुहरुको अत्याधिक भिड हुने गरेको छ ।
भाेली बिबाक पञ्चमीकाे भब्य समाराेह हुदैँछ ।