काठमाडौं, २० मंसिर । सुनको मुल्यमा पुनः बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार छापावाल सुन तोलाको १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।
साथै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने १ हजार ८८० रुपैयाँ पुगेको छ ।