काठमाडौं, २० मंसीर । जनकपुर बोल्टसले लगातार तेस्रो जीत हासिल गरेको छ ।
पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्स सामू राखेको १३९ सय रनको लक्ष्य पुरा गर्दै ७ विकेटले जीत हासिल गरेको हो ।
नेपाल प्रिमियर लिग (एनपिएलमा) अन्तर्गत आजको पहिलो खेलमा पोखराले जनकपुरलाइक १३९ को टार्गेट दिएको थियो, जवाफमा १७.१ ओभरमा तीन बिकेट गुमाएर सो लक्ष्य पार गरेको हो । बिराटनगरलाइ ८ बिकेटले उदघाटन खेलमा हराएको जनकपुरले कर्णाली याक्सलाइ पनि ८ बिकेटमा हराएर आज पोखरासँग प्रतिस्पर्धामा उत्रिएको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्न सफल भयो । पोखराका लागि मार्कस क्रिटलेले ३५, माइकल लिस्कले २५, आन्द्रेस गौसले २०, रेमन रिफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाएका थिए ।
जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, जिमी निसमले दुई तथा मोहम्मद मोहसिन र किशोर महतोले समान एक विकेट लिएका हुन् ।
तर, पाेखराकाे भने लगातार याे दाेस्राे हार हाे । यसअघि चितवन राइनाेजसँग ८७ रनले पराजित भएर अाएकाे पाेखरा अाज जनकपुर बाेल्टससँग मैदानमा उत्रिएकाे थियाे ।