Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

कोरियाली राष्ट्रपति विरूद्दको महाअभियोगमा सत्तारूढ ५ सांसदले मतदान गर्ने संकेत

spot_img
spot_img
spot_img

सियोल, २० मंसीर । कोरियाली सत्तारूढ दलका पाँच सांसदले महाअभियोगको पक्षमा मतदान गर्ने संकेत गरेका छन् ।

पत्रकार सम्मेलन गरेर सत्तारुढ दल पीपुल पावर पार्टी (पीपीपी) पाँच सांसदले महाभियोगको भोटमा आफूहरू ‘अनिर्णय नभएको’ बताएका हुन ।

सत्तारूढ दलका पाँच सांसदले अलग प्रेस सम्मेलन गरे पछि राष्ट्रपति युन सुक येओललाई समस्यामा पर्ने सक्ने अडकालबाजी सुरू भएको छ ।

मंगलबार साँझ अप्रत्याशित रूपमा राष्ट्रपति युनले ‘मार्शल ल’ लगाए पछि कोरियामा राजनीतक संकट थप बढेको छ । उनले मार्शल ल लगाएको दुइ घन्टा भित्र त्यहाँको संसदले १९०–० मतको आधारमा सोझै खारेज गरिदिएको थियो । जसका कारण उनी आफ्नो निर्णयवाट पछि हटन बाध्य भएका थिए ।

राष्ट्रपति युनको सो कदम पछि संसदमा रहेका ६ बिपक्षी दलले राष्ट्रपति युनलाइ महाअभियोग लगाउने भन्दै संसदमा प्रस्ताव दर्ता गरेका छन, जसका लागि शनिवार मतदान हुदैँछ । जसका लागि बिपक्षीलाइ जम्मा ८ मतको मात्रै आवाश्यक परेको छ ।

यही बेला सत्तारूढ दलका ५ सांसदहरू किम जे सब, किम साङ वुक, किम सो ही, किम ये जी र वू जे जुनले युनलाई मंगलबार राती मार्शल ल घोषणा गर्ने उनको निर्णयको लागि राष्ट्रिय माफी माग्न आह्वान गरेका छन्। उनीहरूले माफी नमागे अप्रिय निर्णय लिने पनि पत्रकारसम्मेलनमार्फत जानकारी दिएका छन् ।

तर अझ महत्त्वपूर्ण कुरा, उनीहरूले बुधबार विपक्षीले पेस गरेको महाभियोग प्रस्तावमा कसरी मतदान गर्ने भन्ने निर्णय नभएको बताएका छन्।

महाभियोग प्रस्ताव पारित हुन २ सय मत चाहिन्छ। विपक्षीसँग १९२ सिट छ र प्रस्ताव पारित हुनका लागि सत्तारुढ दलका १०८ मध्ये कम्तीमा आठ सांसदको आवश्यकता पर्छ ।

पीपीपीका पार्टी प्रमुख हान डोङ(हुनले यसअघि महाभियोग प्रस्तावलाई पार्टीले अवरुद्ध गर्ने बताएका थिए तर यी पाँच सांसदले पार्टी लाइन तोडे भने विपक्षी नेताहरूले थप मनाउने आशा राखेका छन्।

सांसदहरुले जे निर्णय गरे पनि मिलेर भोट हाल्ने बताए ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?