दमास्कस, २४ मंसीर । सिरियामा बिद्रोहको कमाण्ड गरेका अल जुलानी दमस्कस पुगेका छन् ।
हयात तहरीर अल शाम (एचटीएस) विपक्षी समूहको विज्ञप्ति अनुसार विपक्षी नेता अबु मोहम्मद अल जुलानी अहिले दमास्कसमा आइपुगेका छन्।
सिरियाको सशस्त्र विपक्षी प्रमुख समूहका नेता अबु मोहम्मद अल- जोलानीले विद्रोहीहरूले दमस्कस कब्जा गरेपछि आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा राष्ट्रपति बसर अल असदको पतनलाई ‘सम्पूर्ण इस्लामिक राष्ट्रको विजय’ भनेका छन् ।
‘यो विजय, मेरा भाइहरू, सम्पूर्ण इस्लामिक राष्ट्रको विजय हो। यो नयाँ विजय, मेरा भाइहरू, यस क्षेत्रको इतिहासमा नयाँ अध्याय चिन्ह लगाउँछ,’ हयात तहरीर अल शाम संगठनका नेता जलाली, जाे एक पूर्व अल कायदा सम्बद्ध समूहबाट बनेको समूहका नेताले भने।
राजधानीको एक मस्जिद भित्र दिएको भाषणमा जोलानीले सिरियालाई ‘इरानी महत्वाकांक्षा, साम्प्रदायिकता फैलाउने, भ्रष्टाचार फैलाउने खेल मैदान भएको बताए तर अब, ‘सर्वशक्तिमान ईश्वरको कृपा र प्रयासहरूद्वारा सिरिया शुद्ध हुँदैछ्, वीर मुजाहिद्दीन।’ इरान र यसको प्रोक्सी हिजबुल्लाह असद सरकारका प्रमुख समर्थक थिए।
‘यो एक राष्ट्र हो, यदि यसको अधिकारहरू लिइयो भने, तिनीहरूको पुनर्स्थापना नभएसम्म तिनीहरूको माग गर्न जारी रहनेछ,ु जोलानीले भने । एचटिएसले असद शासनद्वारा कैदमा परेका मानिसहरूलाई मुक्त गरिरहेको थियो।
जोलानीले उमय्याद मस्जिदमा भेला भएका भीडलाई भने, ‘मेरा भाइहरू, मैले यो भूमि २० वर्षअघि छोडेको थिएँ, र मेरो हृदयले यो क्षणको लागि आकांक्षा गरेकाे थियाे,’
उनले अगाडी याे पनि भने, “सिरियामा युद्धले नछोएको एउटा घर पनि छैन। भगवानको प्रशंसा होस्, आज सिरिया निको हुँदैछ।
सिरियाको राजधानी पुगेका उनी शान्तिपुर्ण सत्ता हस्तान्तरणको प्रकियामा सामेल हुनेछन। त्यसका लागि त्यहाँका प्रधानमन्त्रीलगायत सरकारी अधिकारीसँग छलफल गर्नेछन् ।
उनी नेतृत्वको बिद्रोही सेनाले हिजो बिहान सबेरै राजधानी सहर दमास्कस नियन्त्रणमा लिएको थियो । त्यसपछि राष्ट्रपति अल असद देश छाडेर भागे पछि अवस्था सहज हुन पुगेको थियो । अहिलेसम्म त्यहाँ कुनै मानवीय हताहत भएको जानकारी प्राप्त भएको छैन ।
‘राजधानी सहर पुग्ने बितिक्कै अल जुलानीले अल्लाहलाइ धन्यवाद दिँदै घुँडा टेकेका थिए,’ एचटीएसको विज्ञप्तिमा भनिएको छ। यसअघि, अल जुलानी, जसको वास्तविक नाम अहमद अल शरा हो, राजधानीतर्फ बढीरहेका विपक्षी लडाकुहरूलाई सार्वजनिक संस्था र सम्पत्तिको सुरक्षा र रक्षा गर्न आग्रह गरेका थिए । ‘सो सरकारी संस्था सिरियाली जनताको हो, सवैले रक्षा गर्न योगदान गरौं’ उनका सेना राजधानी सहरमा प्रवेश गर्दा भनेका थिए ।