दमास्कस, २५ मंसिर । सिरियामा विद्रोही समूहले आइतबार राजधानी दमास्कस कब्जा गरे, यससँगै लामो समयदेखि चलेको गृहयुद्धपछि बसर अल असदको शक्ति समाप्त भयो।
सिरियामा अरब वसन्त कालमा प्रजातन्त्र स्थापनाका लागि सुरु भएको आन्दोलन अन्ततः गृहयुद्धमा परिणत भएकाे थियाे र जहाँ हजारौंले ज्यान गुमाउन परेकाे छ ।
सिरियामा यो आन्दोलनको चर्चा हुँदा एउटा नाम कसैगरी पनि छुट्दैन, उनी हुन–मौविया स्यास्नेहको । १४ वर्षीया मौविया स्यास्नेह त्यही व्यक्ति हुन्, जसको चित्रकलाले सिरियामा आन्दोलन सुरु गरेको थियो ।
आजभन्दा १३ वर्षअघि सिरियामा १४ वर्षीय युवा मौविया स्यास्नेहले आफ्नो चित्रकलामार्फत राखेको माग लामो सङ्घर्षको साक्षी थियो । सन् २०११ मा, मौविया स्यास्नेहले दक्षिणी सिरियाली सहर दाराको भित्तामा पेन्टिङ बनाएका थिए । यसमा ‘अजाक एल डोरू’ लेखिएको थियो, जसको अर्थ हुन्छ, ‘अब तपाईको पालो, डाक्टर।’ यहाँ डाक्टर भन्नाले सिरियाली राष्ट्रपति बसर अल असद भनेर बुझियाे, यही बेला धेरै अरब र अफ्रिकी देशहरूमा लाेकतन्त्र प्राप्तीका लागि आन्दोलनहरू चलिरहेको थियो।
मौविया स्यास्नेहले यो एउटा पेन्टिङको चर्को मूल्य चुकाउनुपरेको थियो र प्रहरीले उनलाइ २६ दिनसम्म हिरासतमा राखेको थियो । प्रदर्शनकारीलाई रोक्न बसर अल असदको प्रहरीले धेरै ठाउँमा गोली चलाएको थियो । मौविया स्यास्नेहको समर्थनमा आन्दोलनको क्रममा सिरियामा फ्रि सिरियन आर्मी (एफएसए) देखा पर्यो। जसमा असदको सेनाबाट भागेका धेरै मानिसहरू सहभागी रहेका थिए। चरमपन्थी समूहहरूले पनि यस विद्रोहको फाइदा उठाए, जसका कारण धेरै भागहरूमा हिंसा फैलियो।
सन २०११ को शासन सिरियाका लागि सबैभन्दा महत्त्वपूर्ण साबित भइदियाे किनभने यस अवधिमा हजारौं सिरियाली नागरिक प्रजातन्त्रको माग गर्दै सडकमा उत्रिए तर उनीहरूले चर्को सरकारी दमनको सामना गर्नु परेको थियो। धेरै बिस्थापित भए ।
यद्यपि, विभिन्न सशस्त्र विद्रोही समूहहरूले सरकारको विरोधमा गठन गरे र २०१२ को मध्यमा विद्रोह पूर्ण स्तरीय गृहयुद्धमा परिणत भयो।
असदमाथि सिरियामा युद्धका क्रममा रासायनिक हतियारको प्रयोग, कुर्दहरूमाथि दमन र जबरजस्ती बेपत्ता पारेकोलगायत मानवअधिकार उल्लङ्घनको आरोप लगाइएको छ।
असदले रुस, इरान र लेबनानको हिजबुल्लाहको सहयोगमा विद्रोही समूहसँग वर्षौंसम्म सफलतापूर्वक लडाइँ गरे। तर भर्खरै अचानक सक्रिय भएका विद्रोही समूहहरूले सिरियाली राष्ट्रपतिका लागि धेरै समस्या सिर्जना गरे, उनी देश छाडन बाध्य भएँ । हाल उनी रूसमा निर्वासित जीवन जिरहेका छन ।
तर, यदी ती १४ बर्षिया बालकलाइ यदी प्रहरीले पक्राउ गरेर हिरासतमा नराखेकाे भए सिरियामा अान्दाेलन नचर्किन सक्थ्याे किनभने त्याे घटना भन्दा अघि सिरिया शान्त अवस्थामा थियाे । तर, जब ती बालक पक्राउ परे, तीनकाे रिहाइकाे माग गर्दै देशभरी धेरै प्रदर्शन भएका थिए । अन्ततः साे प्रदर्शनवाट सुरू भएकाे असद बिरूद्का अान्दाेलन गृह युद्द हुदैँ उनकाे ५० बर्षे पारिवारिक सत्ता खाेसियाे ।