Sunday, September 8, 2024

ट्रेन्डिङ :

अफगानिस्तानको एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १८ जनाको मृत्यु

एजेन्सी- अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनमा भएको आत्मघाती आक्रमणमा १८ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै जना घाइते भएका छन् । शिया मुसलमानको बहुल क्षेत्र दश्त–ए–बार्ची भन्ने स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको हो । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियनले विज्ञप्ति जारी गर्दै एक आत्मघाती व्यक्ति भवनको भित्र जाने कोसिस गरेका थिए । सुरक्षाकर्मीहरुले उसलाई चिनेर रोके । त्यसपछि त्यो व्यक्तिले भवनको ढोकामै विष्फोट गराएको थियो । इस्लामिक स्टेटले सामाजिक सन्जालमा एक सन्देश पोष्ट गर्दै आक्रमणको जिम्मा लिएको छ ।

हालैका दिनहरुमा अफगानिस्तानमा हिंसा बढेको छ । अधिकांश आक्रमण तालिबान समूहले गरेको छ । कतारको राजधानी दोहामा सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहेको बेला हिंसा भने रोकिएको छैन । यो पछिल्लो आक्रमण पनि त्यसैको असर हुन सक्ने बीबीसीले जनाएको छ । अफगानिस्तानका चरमपन्थी समूहले शिया समुदायलाई निशाना बनाउँदै आएका छन् । शनिबार शैक्षिक संस्थालाई लक्षित गरी भएको आक्रमण पहिलो भने होइन । सन् २०१८ को अगष्टमा भएको एक आक्रमणमा ४८ जना मारिएका थिए । अधिकांश विद्यार्थीहरुको मृत्यु भएको सो आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?