Monday, April 7, 2025

ट्रेन्डिङ :

एनपिएलः पोखराको काठमाडौँलाई १३९ रनको लक्ष्य

spot_img
spot_img

काठमाडौं, २९ मंसीर । पोखरा एभेन्जर्सले काठमाडौँं गुर्खाजलाई एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३८ रनको योगफल तयार पारेको हो ।

त्रिभुवन विश्वबिधालय, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखराका लागि  रामोन रिफले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले  अविजित ४१ रन बनाएका थिए भने   दिनेश खरेलले ३८, दिलिप नाथले २७ रन बनाएका हुन् ।

काठमाडौँंका लागि रासिद खान र कप्तान करण केसीले समान तीन तथा जेरार्ड इरास्मस र माइकल लेभिटले समाए एक विकेट लिए ।

दुवै टोली जित निकाल्दै प्लेअफको सम्भावनालाई बलियो बनाउन चाहन्छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?