Monday, April 7, 2025

ट्रेन्डिङ :

एनपिएलः २-२ पटक सुदुरपश्चिमसँग पराजित जनकपुर बन्ला त बिजेता ?

spot_img
spot_img

काठमाडौं, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा आज हुदैँछ ।

किर्तिपुरस्थति त्रिभुवन विश्वबिधालय क्रिकेट मैदानमा आज जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्स भिडदैँछन ।

सुदुरपश्चिम अपराजित टिम हो भने उसले ८ मध्ये ७ खेल जितेको छ, एकपटक मात्र सो टिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो ।

उता, सुदुरपश्चिम भन्दा एक बढी खेलेको जनकपुर २–२ पटक सुदुरपश्चिमसँग क्रमशः ७२ रन र ८ विकेटले पराजित भएको थियो भने एकपटक चितवन राइनोजसँग ३२ रनले हार्नु परेको थियो ।

तर, आज दुबै टोली एक आपसमा तेस्रो पटक भिडदैँ छन् ।

आज हुने भब्य फाइनलका बिजेताले १ करोड १० लाख नगद पुरस्कार प्राप्त गर्नेछन भने उपबिजेता टोलीले ५१ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, तेस्रो स्थान र चौथौं स्थानमा रहेका टोलीले क्रमशः २५ लाख र १५ लाख प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?