Monday, December 23, 2024
spot_img

ट्रेन्डिङ :

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

spot_img
spot_img
spot_img

काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई  दिएको छ ।

केन्द्रिय कार्यालय, बनस्थलीमा जारी आकस्मिक सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो, जस पछि बोलाइएको बैठकमा लामिछानेको अनुपस्थितिमा पार्टीको काम कारबाही अघि बढाउन अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

सरकारी वकिल कार्यालय, कास्कीले रबि माथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ । जसका कारण उनी अझै हिरासत मुक्त हुने वा नहुने टुंगो नभए पछि अर्यालले सो जिम्मेवारी पाएका हुन ।

आजवाट जिल्ला अदालत कास्कीमा लामिछानेको बयान सुरु भएको छ ।

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?