नयाँ दिल्ली, १६ पुस । अमेरिकाका ३९ औं राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ ।
अमेरिकामा जन्मेका जिमी कार्टरको भारतसँग विशेष सम्बन्ध रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । कतिसम्म भने, कार्टरको नामबाट भारतको हरियाणा राज्यको एउटा गाउँको नाम नै राखिएको छ ।
वास्तवमा सन् १९७८ मा तत्कालीन अमेरिकी राष्ट्रपति जिम्मी कार्टर भारत आएका थिए । आफ्नो भ्रमणको क्रममा उनले गुरुग्राम जिल्लाको दौलतपुर नसीराबाद गाउँ घुम्ने इच्छा व्यक्त गर्दा सबैजना अचम्ममा परे र अमेरिकामा जन्मेका जिमी कार्टरलाई दौलतपुर नसीराबाद गाउँको बारेमा कसरी थाहा भयो र उनी त्यहाँ जान किन चाहन्थे ? यो सबैको चासोको बिषय रहन गयो ।
जिम्मी कार्टरले सन् १९७८ मा अमेरिकाको राष्ट्रपतिको रूपमा भारतको भ्रमण गरेका थिए। त्यस समयमा मोरारजी देसाई आफ्नो आमा र श्रीमतीसँग दौलतपुर नसीराबाद गाउँमा गएका थिए । जब जिमी कार्टर आफ्नी आमा बेसी लिलियन कार्टर र रोजलिन कार्टरसँग दौलतपुर नसीराबाद गाउँ पुगे, तब त्यहाँको सम्पूर्ण वातावरण बदलियो। अमेरिकी राष्ट्रपतिले उनीहरूलाई यति राम्रोसँग भेट्नेछन भने स्थानिय गाउँलेहरूले कल्पनासमेत गरेका थिएनन् ।
जिमी कार्टरकी आमा नर्स थिइन् र विश्वयुद्धको बेला भारत आएकी थिइन्। उनकी आमा बारम्बार दौलतपुर नसीराबाद गाउँमा आउने जाने गर्दथिन् र जैलदार सरफराजको हवेलीमा जान्थिन्। जुन समयमा जिमी कार्टर उनको गर्भमा आएका थिए । केही वर्ष भारतमा बसेपछि उनी अमेरिका फर्किइन् । त्यसपछि कार्टर जन्मिए ।
तर, उनको आमाको मन भने दौलतपुर नसीराबाद गाउँ बसेको थियो । यस्तो अवस्थामा जब उनले छोरा भारत भ्रमणमा हुन गइरहेको थाहा पाइन । त्यसैले उनले दौलतपुर नसीराबाद गाउँ जाने इच्छा व्यक्त गरिन । जसलाई जिमी कार्टरले पूरा पनि गरिदिए र आमालाई दौलतपुर नसिराबाद गाउँमा लगिदिए ।
दौलतपुर नसीराबाद गाउँका मानिसहरूले जिमी कार्टरलाई यत्ति धेरै मन पराए कि उनीहरूले आफ्नो गाउँको नाम परिवर्तन गरेर नै ‘कार्टरपुरी’ नाम राखिदिए । जिमी कार्टर यहाँ आउँदा तत्कालीन प्रधानमन्त्री मोरारजी देसाई पनि उनीसँगै थिए । गाउँलेहरूले उनलाई भव्यताका साथ स्वागत गरे र हरियाणवी लुगा उपहार दिए। जुन उनले लगाएका पनि थिए ।
अमेरिकाका पूर्व राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको हिजो निधन भएको छ । जिम्मी कार्टरले सन् १९७७ देखि १९८१ सम्म देशको नेतृत्व गरेका थिए।