Thursday, January 2, 2025

ट्रेन्डिङ :

सचिवालय बैठकद्वारा ओलीको प्रतिवेदन पारित, सरकार गठन पछिकाे समिक्षा मुख्य विषय

spot_img
spot_img
spot_img

काठमाडौं, १८ पुस । अध्यक्ष केपी शर्मा ओलीले पेस गर्नु भएको राजनीतिक प्रतिवेदन नेकपा एमाले सचिवालयको बैठकबाट पारित भएको छ ।

नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज बसेको सचिवालय बैठकवाट पारित भएको हो ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका अजेन्डा पनि तय गरेको छ ।

उक्त बैठकका निम्ति पेस गर्नुपर्ने राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयमा बैठकमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

ओलीले केन्द्रिय समितिमा पेश गर्न लागेको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको ज्ञवालीले जानकारी दिए । साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदनमा समावेश गरेर केन्द्रिय समिति बैठकमा पेश गरिनेछ ।

र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने भन्ने उल्लेख भएको अध्यक्ष ओलीको प्रतिबेदन माथी केन्द्रिय सदस्यहरूले आ आफनो धारणा राख्नेछन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?